8 years ago
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । च्याम्पियनसिप अन्तर्गत चौर रिक्रिएसन सेन्टरमा मंगलबार भएको खेलमा धन्यन्तरी फुटसललाई ७–२ ले पराजित गर्दै समूह ‘बी’ मा दोस्रो स्थानमा उक्लिएको हो । किक अफको ६ खेलबाट १३ अंक छ भने समान खेलबाट १२ अंक जोडेको धन्यन्तरी तेस्रो स्थानमा झरेको हो ।
चौरमै भएको अर्काे खेलमा विजी फुटसलले हरिसिद्धिमाथि ६–२ को जित निकाल्यो । अर्काे खेलमा स्वयम्भुले खालीबारीमाथि ८–३ को सहज जित निकाल्दा विजी ब्रदर्श र खुमलटारले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । सामाखुशी फुटसल समूह ‘बी’ बाट एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।स्तुपा फुटसल बौद्धमा मंगलबार सामाखुशीले फुटसल भिलेजमाथि ६–२ को सहज जित निकालेपछि सामाखुशी एक खेल अगावै क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
सामाखुशीको ६ खेलबाट १६ अंक पुगेको छ । यस्तै अर्काे खेलमा स्तुपाले रेभ फुटसलमाथि ८–१ को फराकिलो जित निकाल्दै दोस्रो स्थान यथावत राखेको छ । स्तुपाको ६ खेलबाट १३ अंक पुगेको छ । शंखमुललाई ५–४ ले हराएको चौरले दोस्रो स्थानको स्तुपालाई पछ्याइरहेको छ । अर्काे खेलमा ढुकुले रजनीमाथि १०–५ को जित निकाल्यो । च्याम्पियनसिप अन्र्तगत बुधबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् । स्तुपा फुटसल बौद्धमा विजी फुटसलले किक अफ, धन्यन्तरीले विजी ब्रदर्श, खुमलटारले खालीबारी तथा स्वयम्भु र हरिसिद्धिबीच खेल हुनेछ । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा ढुकुले शंखमुल, चौरले सामाखुशी, फुटसलल भिलेजले स्तुपा तथा रेभ फुटसलले रजनी फुटसलसँग खेल्नेछ । हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेको छ । च्याम्पियनसिपको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]