8 years ago
September 2, 2017
काठमाडौं (हाम्रो खेेलकुुद) – राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपमा किक अफ फुटसलले लगातार दोस्रो जित दर्ता गरेको छ ।
बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा शनिबार भएको खेलमा स्तुपा फुटसल बौद्धसँग ४–२ ले जित्दै शंखमुलले प्रतियोगितामा तेसो जित हासिल गरेको छ । यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले तथा रजनी फुटसलमाथि ९–२ को फराकिलो जित निकालेको थियो । चौर रिक्रिएसन सेन्टरमा शनिबारै भएको अर्काे खेलमा रजनी फुटसलले च्याम्पियनसिपमा पहिलो जित निकाल्यो । लगातार दुई हार बेहोरेको रजनीले फुटसल भिलेजमाथि ६–१ को फराकिलो जित निकाल्यो । रेभ फुटसल र सामाखुशी फुटसलले २–२ गोलको तथा ढुकु र चौरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
यस्तै स्तुपा फुटसल बौद्धमा भएको खेलमा स्वयम्भुले बिजी ब्रदर्शमाथि ७–५ को जित निकाल्यो । बिजी फुटसलले धन्यन्तरीमाथि ५–३ को जित निकाल्दा हरिसिद्धीले खुमलटारलाई ५–३ ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित निकाल्यो । अर्काे रोमाञ्चक खेलमा किक अफले खालीबारीमाथि ६–४ को जित निकाल्यो । किक अफको यो च्याम्पियनसिपमा दोस्रो जित हो । पहिलो खेलमा स्वयम्भुसँग ३–२ ले पराजित भएको किक अफले दोस्रो खेलमा हरिसिद्धीमाथि ८–२ को फराकिलो जित निकालेको थियो ।
नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा खेलिरहेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।
च्याम्पियनसिप अन्र्तगत आइतबार पनि समूह चरणका आठ खेलहरु हुनेछन् । स्तुपा फुटसल बौद्धमा ढुकुले स्तुपा, चौरले रजनी, सामाखुशीले शंखमुल र रेभले फुटसल भिलेजको सामना गर्नेछ । यस्तै चौरमा बिजी फुटसल र खालीबारी, धन्यन्तरी र हरिसिद्धि, बिजी ब्रदर्श र किक अफ तथा स्वयम्भु र खुमलटारबीच खेल हुनेछ ।
नोट : यसअघि शंखमुलको जित हुनुपर्ने हुँदा अन्यथा भएकाले यो समाचार भाद्र १७ गते , राती १०:५९ बजे साच्याइएको छ ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]