8 years ago
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल फुटसलले राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप फराकिलो जित हासिल गरेको छ । स्तुपा फुटसल बौद्धमा शुक्रबार भएको खेलमा लगातार दोस्रो खेल जित्ने क्रममा शंखमुलले रजनी फुटसलमाथि ९–२ ले हराएको थियो ।
यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले पराजित गरेको थियो । रजनीको भने यो लगातार दोस्रो हार हो । रजनी यसअघि स्तुपा फुटसल बौद्धसँग पराजित भएको थियो ।
यस्तै स्तुपा फुटसल बौद्धमै भएको अन्य खेलहरुमा ढुकु फुटसलले फुटसल भिलेजमाथि ८–७ को प्रतिस्पर्धात्मक जित निकाल्यो । चौर रिक्रिएसन फुटसलले रेभ फुटसलमाथि ३–२ को झिनो जित निकाल्दा सामाखशुी फुटसलले स्तुपा फुटसलमाथि ३–२ कै जित निकाल्यो ।
यस्तै चौर रिक्रिएसन सेन्टर बाँसबारीमा भएको खेलमा एक्सटेप किक अफ फुटसलले हरिसिद्धिमाथि ८–२ को फराकिलो जित निकाल्यो । विजी फुटसलले खुमलटारलाई ६–१ को फराकिलो अन्तरले हरायो । धन्यन्तरीले स्वयम्भुमाथि ७–२ को तथा खालीबारीले विजी ब्रदर्शलाई ५–० ले हरायो ।
प्रतियोगिता अन्र्तगत शनिबार पनि ८ खेल हुदैछ । स्तुपा फुटसल बौद्धमा स्वयम्भुले बिजी ब्रदर्श, बिजी फुटसलले धन्यन्तरी, हरिसिद्धिले खुमलटार तथा खालीबारीले किक अफसँग खेल्नेछ । यस्तै चौर रिक्रिएसन सेन्टर बाँसबारीमा रेभले सामाखुशी, ढुकुले चौर, रजनीले फुटसल भिलेज तथा स्तुपाले शंखमुलको सामना गर्नेछ ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]