7 years ago
August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्र्तगतको फुटसल समितिको आयोजनामा राजधानीमा शुक्रबारबाट शुरु भएको एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपमा चौर रिक्रिएसनले फराकिलो जित निकालेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा भएको च्याम्पियनसिपमा समूह ‘बी’ मा रहेको चौरले फुटसल भिलेजमाथि ७–१ को फराकिलो जित निकालेको हो ।
यस्तै समूह ‘बी’ कै अर्काे खेलमा सामाखुशी फुटसलले ढुकु फुटसलमाथि ५–० को फराकिलो जित निकाल्यो । शंखमुल फुटसलले रेभ फुटसलमाथि ५–२ को जित निकालेको हो । स्तुपा फुटसलले रजनी फुटसलमाथि ३–२ को कठिन जित निकाल्यो । समूह ‘ए’ को खेलमा धन्यन्तरी फुटसलले खुमलटार युवा क्लबमाथि ६–२ को फराकिलो जित निकाल्यो । अर्काे खेलमा बिजी ब्रदर्शले बिजी फुटसललाई तथा स्वयम्भु रिक्रिएसनले किकअफमाथि समान ३–२ को जित दर्ता गर्यो । हरिसिद्धी फुटसल र खालीबारी फुटबल क्लबले ७–७ गोलको बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन) , अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधार, एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझी, सहमहासचिव सन्जिव मिश्रले गरे । प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद मन्त्री राजन केसीले पछिल्लो समय नेपालमा फुटसल लोकप्रिय खेलको रुपमा स्थापित भएको बताए । ‘एन्फाले फुटसल लिगको आयोजना गरेको छ । यसले युवा खेलाडीले आफ्नो खेल कौशल देखाउने काम गरेको छ ।’ मन्त्री केसीले भने, ‘यसले खेलाडीलाई आफ्नो खेल कौहल मात्र हैन खेलाडीलाई फिट राख्नमा पनि मद्दत पुग्ने विश्वास छ ।
फुटसल लिगका खेलहरु बाँसबारी स्थित चौर रिक्रिएसन सेन्टर र स्तुपा फुटसल बौद्धमा भैरहेको छ । च्याम्पियनसिपमा विभिन्न १६ फुटसल टिमले सहभागिता जनाएका छन् । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा यस च्याम्पियनसिपको आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् । रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आयोजना गर्न फुटसल समितिले यसअघि नै इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिसँग पाँचवर्षे सम्झौता गरेको थियो । सम्झौता अनुसार टर्नपाइकले यो सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ ।
यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाई रकम बेहोर्नेछ । प्रतियोगिता अन्र्तगत शुक्रबार आठ खेल हुनेछन् । स्तुपा फुटसलमा शंखमुल र रजजी, फुटसल भिलेज र ढुकु, चौर र रेभ तथा सामाखुशी र स्तुपा फुटसलबीच खेल हुनेछ । यस्तै चौर रिक्रिएसनमा हुने खेलमा किक अफ फुटसल र हरिसिद्धि फुटसल, खुमलटार र बिजी फुटसल, धन्यन्तरी र स्वयम्भु रिक्रिएसन तथा बिजी ब्रदर्श र खालीबारी बीच खेल हुने आयोजकले जनाएको छ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]