8 years ago
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ(एन्फा) अन्र्तगतको फुटसल समितिले सम्र्पर्ण तयारी पुरा भएको जनाएको छ ।
सातदोबाटोस्थित एन्फा परिसरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी गराए । प्रतियोगिता काठमाडौंका दुई फुटसल एरिना स्तुपा फुटसल बौद्ध र चौर रिक्रिएसन सेन्टर बाँसबारीमा हुनेछ । भाद्र १५ गतेदेखि २५ गते सम्म हुने च्याम्पियनसिपको पहिलो दिन तीन आठ खेल हुनेछ ।
नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले सहभागिता जनाउनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनाएका १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा खुमलटार युवा क्लब, बिजी ब्रदर्श, किक अफ फुटसल, हरिसिद्धि फुटसल, खालीबारी फुटबल क्लब, स्वयम्भु रिक्रिएसन सेन्टर, विजी फुटसल र धन्यन्तरी फुटसल रहेका छन् यस्तै समूह ‘बी’ मा फुटसल भिलेज, सामाखुशी फुटसल, शंखमुल फुटसल, रजनी फुटसल, स्तुपा फुटसल, रेभ फुटसल र ढुकु फुसटसल हव र चौर रिक्रियसन फुटसल रहेका छन् ।
प्रतियोगिताको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।
रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आयोजना गर्न फुटसल समितिले यसअघि नै इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिसँग पाँचवर्षे सम्झौता गरेको थियो । सम्झौता अनुसार टर्नपाइकले यो सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ । यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने समपूर्ण खर्चको दुई तिहाई रकम बेहोर्नेछ ।
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]