8 years ago
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको आयोजनमा भोली शनिबार ढुकु फुटसल हबमा हुने तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सहभागी टोलीका प्रतिनिधिको उपस्थितिमा आज गरिएको टाइसिट ‘ड्र’मा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले जानकारी दिए ।
सहभागी टोलीमध्ये ७ समूहमा ४ टोली छन् भने बाँकी एउटामा ३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह चरण लिगकम नकआउटका आधारमा हुनेछ । लिग कम नकआउटपछि हरेक समूहका शीर्ष दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्नेछन् ।
एक दिने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार र दोस्रो टोलीले ८० हजार रुपैया प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलकिपर, रक्षक र उच्च गोलकर्ता समान १५ हजार रुपैयाँ पाउनेछन् ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]