default_image

10 years ago

August 14, 2015

पाटन ‘सी’ लाई फुटसल उपाधि

161 views

0 Bookmark

काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

पाटन ‘सी’ लाई फुटसल उपाधि

 

शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ बाट मणि लामा र सुवास लामाले गोल गरे । पाटन ‘बी’ का विकास लामा फाइनल खेलको ‘म्यान अफ द म्याच’ ठहरिए । त्यसवापत उनले ५ सय नगद पुरस्कार हात पारे । अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा ओरियन्टले तेश्रो स्थानमा चित्त बुझायो । ओरियन्टले ग्लेसियरलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । विजेताका श्याम नेपालीले ३, निरज परियारले २ तथा युरोप भण्डारी र सुशान्त बस्नेतले १–१ गोल गरे । विजेताले ६६ हजार ६ सय ६६, उपविजेताले ३३ हजार ३ सय ३३ तथा तेश्रोले २२ हजार २ सय २२ रुपैयाा नगद पुरस्कार हात पारे । प्रतियोगितामा पाटन ‘बी’ का शेरबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भए । शेरबहादुर नै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिताभर उनले १६ गोल गरे । उनले उत्कृष्ट र सर्वाधिक गोलका लागि २–२ गरी जम्मा ४ हजार नगद पुरस्कार पाए । पाटन ‘सी’ का अनन्त श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उनले २ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, पाटन संयुक्त क्याम्पसका प्रमुख माधव गौतम, आयोजकका संयोजक सुरेन्द्र बस्नेतलगायतले पुरस्कार वितरण गरे । पााचदिने प्रतियोगितामा ५८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

March 31, 2025

ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]

March 28, 2025

ताम्रकार फुटसलको छैटौं संस्करण हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

Success

Thank you for your time.