default_image

10 years ago

August 13, 2015

ग्लेसियर र पाटन फुटसल प्रतियोगिताको सेमिफाइनलमा

177 views

0 Bookmark

काठमाडौं, साउन २८ गते । ग्लेसियर र पाटन ‘बी’ प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिता
शान्तिनगरमा भएको खेलमा ग्लेसियरले काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) लाई ३–१ गोलले पराजित गर्‍यो । ग्लेसियरका करुणराज ढकालले ह्याट्रिक गरे । केइसीका सचेत लामिछानेले १ गोल फर्काए । पाटन ‘बी’ ले अस्कल ‘ए’ लाई ५–० गोलले हरायो । विजेताका मणि लामाले ह्याट्रिक गरे भने उशम केसी र शेरबहादुर थापाले १–१ गोल थपे ।
अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा पब्लिक युथ क्याम्पस, पाटन ‘सी’, ओरियन्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) क्वाटरफाइनलमा पुगे ।
पब्लिक युथले पुल्चोक इन्जिनिएरिङ कलेजलाई ४–२ गोलले पाखा लगायो । विजेताका साजन डंगोल, लक्ष्मण चौधरी, दीपक घिसिङ र सुबोध क्षेत्रीले १–१ गोल गरे । पुल्चोकबाट दुवै गौल युवराज लामाले आफ्नो नाममा लेखाए । पाटन ‘सी’ ले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ४–३ ले निराश पार्‍यो ।
ओरियन्टले अस्कल ‘बी’ माथि ५–० को सहज जित रच्यो । ओरियन्टका पवन खड्काले २ तथा श्याम नेपाली, निरज परियार र युरोप भण्डारीले १–१ गोल गरे । टाइम्स विरुद्धको खेलमा सीसीआरसी ४–१ ले विजयी भयो । सीसीआरसीका सन्देश केसीले २ तथा क्षितिज सुवेदी र शितल बोहराले १–१ गोल गरे । टाइम्सका छिरिङ शेर्पाले सान्त्वना गोल गरे ।
क्वाटरफाइनलमा सीसीआरसीको भेट पाटन ‘सी’ संग हुनेछ भने पब्लिकले ओरियन्ट विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ । विजेताले ६६ हजार, उपविजेताले ३३ र तेश्रो हुनेले २२ हजार नगद पुरस्कार हात पार्नेछन् ।

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

Success

Thank you for your time.