6 months ago
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपलिका केन्द्र दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ ।
लैनचौर फुटसल मैदानमा शनिवार वडा नं ९ सँग ७-१ ले पराजित हुँदै काठमाडौं महानगर प्रतियोगिताबाट बाहिरिएको हो।
विजयी टिमका सागर भट्टले ह्याट्रिक गरेको खेलमा असिम लामिछाने, अर्जुन श्रेष्ठ, रोहन विक, अजय विक्रम अधिकारीले गोल गरे। काठमाडौंका लागि भुपदेवले गोल गरे। विजयी टोलीका सागर प्लेयर अफ दि म्याच बने।
अन्य खेलमा वडा नं ६,वडा नं १६ र वडा नं १४ विजयी भए । वडा नं १४ ले वडा नं १० लाई हराउँदा दुवै गोल राजु बुढाथोकीले गरे। राजु नै प्लेयर अफ दि म्याच चुनिए।
वडा नं ६ ले वडा नं ३ लाई २- ० ले पराजित गर्यो। विनोद पुडासैनी र नामदुल सान्बो लामाको गोल वडा नं ६ विजयी भएको हो। विजयी टोलीका दिपेश श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए।
वडा नं १६ ले वडा नं २० लाई ३-१ ले हरायो । १६ का लाय आयुष कुँवरले २ तथा रविन निरौलाले १ गोल गरे । वडा नं २० ज्ञानेन्द्र मल्लले गोल गरे। आयुष प्लेयर अफ दि म्याच चुनिए।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]