6 months ago
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहीवार वडा नं १२, वडा नं ५, वडा नं २६ र वडा नं ३२ ले जित हासिल गरेका छन् ।
लैनचौर फुटसल मैदानमा भएको दिनको पहिलो खेलमा वडा १२ ले वडा नं २ लाई २-१ ले हरायो । विजयी टिमका लागि दिकेश शाही र मनोज महर्जनले गोल गरे । वडा नं २ का सुजल रसकले गरेको गोल सान्त्वना बन्यो । विजयी टोली राज शाही प्लेयर अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा वडा नं ५ ले वडा नं १७ लाई ३-० ले सजिलै पराजित गर्यो । वडा नं ५ का राकेश श्रेष्ठ, अखिलेश कार्की र सुजित प्रजापतिको गोल गरे । सो खेलमा सुजित प्रजापति प्लेयर अफ दि म्याच बने ।
तेस्रो खेलमा वडा नं २६ ले टाइब्रेकरमा वडा नं ४ लाई २-१ ले हरायो । निर्धारीत समयको खेल १-१ ले बराबरी सकिएपछि पेनाल्टी सुटआउटमा वडा नं ४ विजयी भएको हो ।
निर्धारित समयमा वडा नं ४ का असिम गुरुङ र वडा नं २६ का प्रशान्त रजकले गोल गरेका हुन् । प्रशान्त म्यान अफ दि म्याच पनि चुनिए ।
चौथो खेलमा प्रताप शाक्यको गोलमा वडा नं ३२ ले वडा १८ लाई १-० ले हरायो। प्रतापले नै प्लेयर अफ दि म्याच घोषित भए ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]