7 months ago
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन फुटबल क्लब र गानादा एडुकेसनल कन्सल्टेन्सीको संयुक्त आयोजनामा राजधानीमा ‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ आयोजना हुने भएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको हलमा आयोजित पत्रकार सम्मेलनका बीच आयोजक संस्थाले प्रतियोगिताको ट्रफी अनावरण पनि गर्यो ।
यही भदौ २० र २१ गते आयोजना हुने प्रतियोगिताका सबै खेल चावहिल चुच्चेपाटी स्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् । प्रतियोगितामा ३२ भन्दा बढी टिमहरुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।
भदौ १५ गतेसम्म टिम दर्ताको समयसीमा रहँदा सहभागी शुल्क १२ हजार तोकिएको छ । प्रतियोगिताभर ४ हजार दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।
खुल्ला प्रतियोगिता भएकोले सबै खेलाडी र टिमले सहभागिता जनाउन सकिने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । फेयर प्ले टिमले २० हजार तथा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान १० हजार प्राप्त गर्नेछन् ।
पछिल्लो समय फुटसलमा बढ्दो आकर्षणसँगै यो खेलको विकासमा केहि सहयोग होस् र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुगोस् भनेर यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबमा सचिव विधा दंगालले बताए । यस प्रतियोगिताले खेलकुद र फुटसल क्षेत्रमा योगदान पुर्याउनुका साथै नयाँ खेलाडीहरुको प्रतिभा पहिचानमा महतवपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
नकआउट फर्म्याटमा चल्ने प्रतियोगिताका हरेक खेल पहिलो र दोस्रो हाफ १०-१० मिनेटको रहनेछन् । प्रतियोगितामा भाग लिन आउने उपत्यका बाहिरका टिमलाई सहुलियतको व्यवस्था गरिने समेत कार्कीले बताए ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]