7 months ago
July 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जेम्स स्कुल र आयोजक एभिएमले सत्य नारायण बहादुर श्रेष्ठ स्मृति अन्तर स्कुल यु-१६ फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । जेम्सले पुरुष तर्फ र एभिएमले महिला तर्फको उपाधि जित्न सफल भएका हुन् ।
जेम्स स्कूलले सेन्ट जेभियर जावलाखेललाई पराजित गर्दै पुरुष तर्फको उपाधि जितेको हो । उता जेम्स स्कुल महिलातर्फ भने पराजित हुन पुग्यो ।
सेन्ट जेभियर पुरुष तर्फ तेस्रो स्थान हासिल गर्न सफल रह्यो भने महिला तर्फ रोजबड स्कुल तेस्रो रह्यो ।
व्यक्तिगत विधातर्फ सेन्ट जेभियरका सुयाम भक्त श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए भने महिला तर्फ आयोजककी कृतिशा तामाङ उत्कृष्ट भइन् । आयोजककै आरोशी शर्मा उत्कृष्ट गोलकर्ता हुँदा पुरुष तर्फ पनि आयोजककै सृजल पौडेलले सर्वाधिक गोल गरे ।
पुरुष तर्फ एभन्स स्कूलले फेयर प्ले अवार्ड हासिल गर्यो । महिला तर्फ भने सो अवार्ड एम्स स्कूलले पाउन सफल रह्यो ।
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मेचीनगरले प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिवार फाइनलमा धाइजनलाई ४–३ ले हराउँदै मेचीनगरले जितेको हो । धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे । मेचीनगरका लागि रोहन कार्की र […]