1 year ago
September 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ दवारा आयोजना हुने ए.एफ.सी फुटसल एसियन कप छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन् । टोलीले मङ्गोलियामा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । करिब २०० खेलाडी बाट सुरु भएको खुल्ला छनोटबाट २५ जनाले बन्द प्रशिक्षणमा सहभागी थिए ।
मत्स्या रिक्रिएशन सेन्टरमा भएको बन्द प्रशिक्षण बाट अन्तिम टोलीको टुंगो लागेको हो । नेपाल छनोटको समूह डी मा रहेको छ। अक्टोबर ७ देखि ११ सम्म हुने समूह डिका खेल हरुमा नेपालले भियतनाम, दक्षिण कोरिया र मंगोलियाको सामना गर्नेछ ।
३१ टोलीलाई आठ समूहमा विभाजन गरिएकोमा आठ शिर्ष टोलीहरू सहित सात उत्कृष्ट समूह उपविजेताहरुले फुटसल एसियन कपमा आफ्नो स्थान बनाउने छन् ।
अन्तिम टोली:
गोलकिपरः सागर गुरुङ, आशिष डंगोल
फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्त्यान
आलाः रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले, उज्वोल शाही
पिभोटः मणिकुमार लामा, सुजित बुढाथोकी
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]