2 years ago
August 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चौथो ब्रिटिस कप २०२३ अन्तर कलेज फुटस्ल प्रतियोगिता अर्को साता काठमाडौंमा हुने भएको छ ।
द ब्रिटिस कलेज थापाथलीको आयोजनामा हुने प्रतियोगिता दुई दिन चल्नेछ । १७ र १८ अगस्टमा हुने प्रतियोगिताको सम्पूर्ण खेल बालुवाटारस्थित ढुकु फुटसलमा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि आयोजकले आवेदन शुल्क १० हजार रुपैयाँ राखेको छ । प्रतियोगितामा दर्जन भन्दा बढी टोलीको सहभागिता हुने अपेक्षा आयोजकले राखेको छ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]