2 years ago
July 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् ।
साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ ।
भाटभटेनी हेल्थ क्लब भेन्यू पार्टनर रहेको प्रतियोगिताका सबै खेल चाबहिल चुच्चेपाटी स्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् । उक्त प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । फेयरप्ले टिमलाई ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार निर्धारण हुँदा उत्कृष्ट प्लेयर र गोल किपरलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।
नेपालमा फुटसलको क्रेज बढिरहँदा विभिन्न ठाउँमा छरिएका खेलप्रेमी युवाहरूमाझ भाइचाराको सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए । मध्य पूर्वको देश मलेशियालाई लक्षित गरेर स्थापित भएको यो क्लब नेपालमा हालै दर्ता भएको हो । क्लबले पहिलो चरणमा नै यो प्रकारको ठूलो प्रतियोगिता गरेर आफूलाई काठमाडौंमा स्थापित स्पोर्ट्स क्लबको रूपमा उभ्याउने लक्ष्य राखेको छ ।
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]