default_image

2 years ago

January 21, 2023

ललितपुरलाई एमआरआर फुटसलको उपाधि

277 views

0 Bookmark

नवलपुर (हाम्रो खेलकुद) – ललितपुरले एमआरआर फुटसल २०७९ को उपाधि जितेको छ । फाइनलमा बुटवल ए लाई पराजित गर्दै ललितपुरले पहिलो पटक उपाधि जितेको हो ।

नवलपुरस्थित कावासोती फुटसलमा ललितपुरले एकपक्षीय प्रदर्शन गर्दै उपाधि पक्का गर्यो । फाइनलमा बुटवल ए माथि ३-१ को जित दर्ता गर्दै टोली च्याम्पियन बनेको थियो । त्यसअघि सेमिफाइनलमा पोखरालाई ३-० ले पन्छाउँदै ललितपुरले फाइनलमा स्थान बनाएको थियो ।

बुटवलले भने सेमिफाइनलमा भक्तपुरलाई सडन डेथमा हराएको थियो । निर्धारित समयको खेल १-१ को बराबरी र टाइब्रेकरमा ३-३ को बराबरीपछि खेल सडन डेथमा निर्णय भएको थियो । १५ टोलीको सहभागिता रहेको प्रतियोगिता नकआउट पद्दतिमा खेलिएको थियो ।

उपाधि विजेता ललितपुरका अमित काफ्ले प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र विकल्प थापा उत्कृष्ट डिफेन्डर घोषित भए । च्याम्पियन ललितपुरका रोशन रानामगरले सर्वाधिक गोलकर्ताको अवार्ड जिते । प्रतियोगताका सर्वोत्कृष्ट खेलाडी उपविजेता बुटवल ए का अनिश शाक्य घोषित भए ।

प्रतियोगिताको मुख्य प्रायोजक एम्बिसन गुरु, सह प्रायोजक आवर क्लोजेट र प्रायोजकमा क्याप्सुल फार्मेसी, कावासोती सेन्ट जोसेफ स्कुल र हिमालयन वारीयर्स थिए । सहयोगीमा जर्सी पसल नेपाल, फोनपे, आइटी पार्टनर द भ्यालु क्रु र इन्टरनेट पार्टनर सुबिसु थिए ।

त्यस्तै प्रतियोगिताको मेडिकल पार्टनरमा शंकर पोलिक्लिनिक तथा मिडिया पार्टनरमा रुटिन अफ नेपाल बन्द, हाम्रो खेलकुद र डीटिएम मिडिया थिए । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गरेको थियो ।

प्रतियोगिताका नतिजाहरु :

राउन्ड अफ १५ :

हेटौंडा १-० काठमाडौं बी

धरान ०-३ भक्तपुर

काठमाडौं ए १-३ ललितपुर

स्याङ्जा ३-० बुटवल बी

चितवन ०-१ पोखरा

काभ्रे ०-२ बुटवल ए

झापा (३) १-१ (४) नवलपुर बी

क्वाटरफाइनल :

भक्तपुर ३-१ नवलपुर ए

हेटौंडा १-३ ललितपुर

बुटवल ए ४-१ स्याङ्जा

पोखरा ६-० नवलपुर बी

सेमिफाइनल :

बुटवल ए (३) १-१ (२) भक्तपुर

ललितपुर ३-० पोखरा

फाइनल :

बुटवल ए १-३ ललितपुर

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

April 19, 2025

बिर्तामोडमा फुटसल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]

April 7, 2025

विके सुनचाँदीलाई छैटौं ताम्रकार फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]

Success

Thank you for your time.