2 years ago
January 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजाल फेसबुकको चर्चित समूह मेन्स रुम रिलोडेडको फुटसल प्रतियोगिता ‘एमआरआर फुटसल २०७९’ माघ ७ गते शनिबार नवलपुरमा हुने भएको छ ।
एमआरआर समूहका सदस्यहरु सहभागी हुने प्रतियोगिता नवलपुरको कावासोती फुटसलमा आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न १३ जिल्लाको प्रतिनिधित्व गर्दै कुल १६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा एमएमआर समूहमा रहेका सदस्य खेलाडी छन् । पछिल्लो समय सामाजिक कार्यमा संलग्न रहँदै आएको एमआरआरको फुटसल प्रतियोगिता वार्षिक रुपमा रहँदै आएको छ ।
प्रतियोगिताका लागि माघ ६ गते सम्पूर्ण खेलाडी र टोली नवलपुर पुग्ने तालिका रहेको छ । भातृत्व र भाइचारा बढाउने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिताका सम्पूर्ण सहभागीलाई मायाको चिनो प्रदान गरिनेछ । विजेता र उप विजेताले पदक र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक एम्बिसन गुरु, सह प्रायोजक आवर क्लोजेट र प्रायोजकमा क्याप्सुल फार्मेसी, कावासोती सेन्ट जोसेफ स्कुल र हिमालयन वारीयर्स छन् । सहयोगीमा जर्सी पसल नेपाल, फोनपे, आइटी पार्टनर द भ्यालु क्रु र इन्टरनेट पार्टनर सुबिसु छन् ।
त्यस्तै प्रतियोगिताको मेडिकल पार्टनरमा शंकर पोलिक्लिनिक तथा मिडिया पार्टनरमा रुटिन अफ नेपाल बन्द, हाम्रो खेलकुद र डीटिएम मिडिया छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]