2 years ago
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बि.के. सुनचाँदी पसलले जितेको छ । ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बिकेले मेड्स मार्ट फार्मेसीलाई १–० गोलले पराजित गरेको थियो ।
सेमिफाइनलमा बिकेले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेड्स मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले हराउँदै फाइनलमा प्रवेश गरेका थिए । बिकेले गत सिजन फाइनलमा पराजित भएको पीडा उपाधि जित्दै बिर्सायो ।
विजेता तथा उपविजेता टिमलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य “आस्था”, समाजका अध्यक्ष बिनोद ताम्रकार, द ब्रिटिस कलेजका प्रशासनिक प्रमुख अमरदीप मण्डल, उपसमितिका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । विजेताले रु ३०,०००।–तथा उपविजेताले रु १५,०००।– प्राप्त गरेका थिए ।
सोहीदिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी जित्यो । त्यहि दिन महिला खुल्ला, दशवर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिचभएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी भयो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका कुशल राजकर्णिकार, उच्चगोलकर्तामा बिकेका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गरे । त्यस्तै प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित भएकाथिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका रेक्सन राजकर्णिकार भएका थिए ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]