3 years ago
October 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा पाँचौ ताम्रकार फुटसल प्रतियोगिताको कार्तिक १९ गतेदेखि सुरु हुँदैछ ।
सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा हुने प्रतियोगितामा दुई दिन खेल हुनेछ । कार्तिक ८ टोलीले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । २६ गते प्रतियोगिताको अन्तिम चरण हुनेछ । खेलकुदको माध्यमबाट समाजमा भाइचारा बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको ताम्रकार समाजले जनाएको छ।
गत संस्करणझैं पाँचौं संस्करणको मुख्य प्रायोजक द ब्रिटिस कलेजले रहेको छ । प्रतियोगिताका अनुमानित बजेट साढे आठ लाख रुपैयाँ रहेको छ । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित प्रतियोगिताको लागि अन्तिम तयारी भइरहेको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमको पनि खेल हुनेछ ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]