2 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा भएको नेप्टा फुटसल प्रतियोगिताको उपाधि लेपर्ड फिजियोले जितेको छ ।
प्रतियोगिताभर अपराजित रहेको लेपर्डले फाइनलमा नेप्टा बागमतीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । बालुवाटारस्थित ढुकु फुटसलमा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ३-२ को जित निकाल्दै लेपर्डले उपाधि जितेको हो ।
समूह बी को विजेता बनेको लेपर्डले सेमिफाइनलमा समूह ए उपविजेता फास्ट ट्वीचलाई पराजित गरेको थियो । त्यस्तै समूह ए को विजेता बागमतीले समूह बी उपविजेता पीएनएफ च्याप्टर ३ लाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
उपविजेता टोली नेप्टा बागमतीका सुलभ घिमिरे प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । विजयी टोलीका निकेश डाँगीले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले प्रतियोगिताको ५ खेलमा ९ गोल गरे ।
राष्ट्रिय फुटबल टोलीका फिजियो रहेका लेपर्डका गोलरक्षक आविष्कार पुडासैनी उत्कृष्ट गोलरक्षक चुनिए । फाइनलअघि कुनै गोल नखाएका उनले चार क्लिनसिट राखेका थिए ।
विजयी खेलाडीलाई राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, गोलरक्षक विकेश कुथु, फरवार्ड जुमानु राई र फुटस्ल व्यवसायी संघका अध्यक्ष राज महर्जनले पुरस्कृत गरे । प्रतियोगितामा ८ टोलीको सहभागी रहेको थियो ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]