8 years ago
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनल खेल सुरु हुने भएको छ ।
नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको लिगमा समूह एबाट किकअफ फुटसल, बानेश्वर फुटसल रिक्रियसन सेन्टर, ढुकु फुटसल हव र ह्वाइट हर्स फुटसल अन्तिम आठमा पर्न सफल भएका छन् भने समूह बीमा शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल र ताहाचल फुटसल क्वाटरफाइनल पुगेका छन् ।
लिग अन्तर्गतको क्वाटरफाइनल खेलमा शंखमूलले ढुकु फुटसलसँग प्रतिस्पर्धा गर्नेछ भने सामाखुसीले ह्वाइट हर्स, कुमारीले किकअफ र ताहाचलले बानेश्वर फुटसलसँग होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनलमा ८ खेल सञ्चालन हुनेछ । त्यसपछि सेमिफाइनल खेल पनि होम एन्ड अवेका आधारमा ४ वटा खेल हुनेछ भने फाइनल खेल न्युट्रल भेनुमा सञ्चालन हुने आयोजक एएमए इभेन्टका अध्यक्ष अशोक थापाले जानकारी दिए ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा असोज १० गतेदेखि सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ ।
लिगमा चौर रिक्रिएसन, ढुकु फुटसल, रजनी फुटसल, इम्पेरियल फुटसल, ह्वाइट हर्स फुटसल, बानेश्वर रिक्रिएसन, आदर्श फुटसल र किक अफ फुटसल रहेका छन् । यस्तै हरिसिद्धि फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल, हाइवे फुटसल, कीर्तिपुर फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र बिजी फुटसल रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]