8 years ago
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) –राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा हरिसिद्धि फुटसलले फराकिलो जित हासिल गरेको छ । कीर्तिपुर फुटसलविरुद्धको खेलमा हरिसिद्धिले कीर्तिपुरलाई १९–४ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
हरिसिद्धिको जितमा राजेश तुम्बापोले डबल ह्याट्रिक गरे भने लालबहादुर तामाङले ४, विकेश महर्जन ३, निरज महर्जन २, रफी महर्जन २, निकेश महर्जनले १ र अरुण लामाले १ गोल थपे । कीर्तिपुरका लागि प्रताप महर्जनले ह्याट्रिक गर्दा म्यान अफ द म्याच घोषित सुरज गुरुङले १ गोल फर्काए ।
समूह बीमा सामाखुसी फुटसल १२ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ भने १२ खेलबाटै २६ अंक जोडेको कुमारी फुटसल दोस्रो स्थानमा छ । १३ खेलबाट २३ अंक जोडेको हरिसिद्धि समूह बीको चौथो स्थानमा छ । कीर्तिपुर छैटौं स्थानमा छ ।
त्यसैगरी समूह एको खेलमा आदर्श फुटसलले ह्वाइट हर्स फुटसललाई ७–५ गोल अन्तरले पराजित गरेको छ । आदर्शका लागि राजु बुढाथोकीले ह्याट्रिक गरे भने समीरजंग कार्कीले २, अविरल रिजालले १ गोल गर्दा अर्को एक गोल ह्वाइट हर्सबाट आत्मघाती रुपमा प्राप्त ग¥यो । ह्वाइट हर्सका मञ्जिल महर्जनले २, मनोज प्रजापति १, रितेश लामाले १ र रवि सिलवालले १ गोल फर्का पनि टोलीलाई विजयी बनाउन सकेनन् । यस खेलको म्यान अफ द म्याच आदर्श फुटसलका राजु बुढाथोकी भए ।
समूह एमा १२ खेलबाट २८ अंक जोडेको किकअफले शीर्ष स्थान ओगट्दा १२ खेलबाट २८ अंक नै बटुलेको बानेश्वर रिक्रियसन सेन्टर दोस्रो स्थानमा छ । २३ अंक जोडेको ह्वाइट हर्स चौथो स्थानमा रहँदा आदर्श पाँचौं स्थानमा छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]