default_image

8 years ago

December 7, 2016

रेडबुल फुटसलमा इम्पेरियलका नीराजनको ह्याट्रिक

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार इम्पेरियलले होममा चौर फुटसललाई ८–५ ले हराएको छ । जितपछि कौशलटारको इम्पेरियल समूह एको छैटौं स्थानमा उक्लेको छ । १३ खेलमा टोलीको १२ अंक पुगेको छ ।

ftsal

सो समूहमा १२ खेलमा २८ अंक जोड्दै किक अफ शीर्षस्थानमा छ भने समान अंक भएपनि गोलअन्तरमा बानेश्वर दोस्रो स्थानमा छ । त्यस्तै समान २३ अंक भएका ढुकु तेस्रो र ह्वाइट हर्स चौथो स्थानमा छ । चौरको १३ खेलमा मात्र ७ अंक छ र टोली समूहको पुछारमा छ ।
बुधबार इम्पेरियललाई जित दिलाउन नीराजन विक्रम गैरेले ह्याट्रिक पुरा गरे भने किसन अधिकारीले २ तथा दिपक घिसिङ,बालकृष्ण केसी र सन्दिप सिलवालले समान १ गोल गरे । चौरका लागि सन्जोग महर्जन र सुवास लामाले समान २ तथा अर्को गोल निराजन गुरुङले गरे । ह्याट्रिक गरेका नीराजन म्यान अफ दी म्याच घोषित भए ।

March 31, 2025

ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]

March 28, 2025

ताम्रकार फुटसलको छैटौं संस्करण हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

Success

Thank you for your time.