8 years ago
December 3, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा ह्वाइट हर्स फुटसलले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा अवे खेलमा ह्वाइट हर्सले रजनी फुटसललाई ७–३ ले हरायो ।
ह्वाइट हर्सका लागि रवि सिलवाल,मनोज प्रजापति र प्रनिस गोर्खालीले समान २ र मन्जिल महर्जनले एक गोल गरे । रजनीका लागि अविन थापाले दुई तथा आयुष कार्कीले एक गोल गरे । ह्वाइट हर्सका रक्षक प्रनेश गोर्खाली म्यान अफ दि म्याच चुनिए । ह्वाइट हर्स १२ खेलबाट २३ अंक जोड्दै समूह एको तेस्रो स्थानमा उक्लिएको छ । जनी फुटसल १२ खेलबाट १२ अंकका साथ पाँचौ स्थानमा छ । समूह एमा किक २७ अंकका साथ पहिलो र २५ अंक जोडको बानेश्वर रिक्रीएसनल दोस्रो स्थानमा छ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]