8 years ago
November 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हब र हरिसिद्धि फुटसलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा मंगलबार सफलता प्राप्त गरेका छन् । समूह एमा अवे खेल जित्ने क्रममा ढुकुले आदर्श फुटसललाई ८–२ को फराकिलो अन्तरले हरायो । ढुकुका लागि म्यान अफ द म्याच मुस्कान लामा र सुरज राउतले समान २ तथा सुमित आले, सविन केसी, सविन खड्का र प्रजेश अधिकारीले समान १ गोल गरे । आदर्शका राजु बुढाथोकी र अविरल रिजालले गोल गरे ।
९ खेलबाट १८ अंक जोड्दै ढुकु समूह एको दोस्रो स्थानमा उक्लिएको छ । उत्तिनै खेलमा ४ अंकमात्र बटुलेको आदर्श समूहको पुछारमा छ । ८ खेलमा २१ अंक जोडेको किकअफ शीर्ष स्थानमा यथावत छ भने ८ खेलमा १६ अंक बटुलेको बानेश्वर रिक्रियसन सेन्टर तेस्रो स्थानमा छ ।
अर्को खेलमा हरिसिद्धि फुटसलले बिजी ब्रदर्शलाई ७–३ ले हरायो । हरिसिद्धिको जितमा म्यान अफ द म्याच रिपु भुलनले ४ गोल गरे । राजेश लिम्बूले २ र निरज महर्जनले १ गोल गरे । बिजी ब्रदर्शका उमेश खड्का, सरोज लामिछाने र प्रकाश थापाले गोल गरे ।
९ खेलबाट १४ अंकसहित हरिसिद्धि समूह बीको पाँचौं स्थानमा छ । बराबर अंक भएपनि गोलअन्तरमा बिजी ब्रदर्श सातौं स्थानमा छ । यस समूहमा शंखमुल फुटसल ८ खेलबाट १९ अंक जोड्दै शीर्षस्थानमा र बराबरी खेलमा १७ अंकसहित कुमारी दोस्रो स्थानमा छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]