default_image

6 years ago

June 1, 2018

फिफा विश्वकप : १२ दिन बाँकी!

32 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप १२ दिनपछि सुरु हुँदैछ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणको उपाधि जितेसँगै जर्मनीले चार पटक विश्वकप उपाधि जितिसकेको छ । यसपटक जर्मनी ब्राजिलको इतिहास तोड्ने धुनमा हुनेछ । ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप उपाधि जितिसकेको छ ।

ब्राजिल आफैं पनि यस प्रतियोगिताको प्रमुख दावेदारको रुपमा अगाडी आएको छ । स्टार फरवार्ड नेयमार चोटका कारण पूर्ण रुपमा फिट नभएपनि टोली निकै बलियो छ । ब्राजिलको मेडिकल टोलीले बारम्बार नेयमार स्वस्थ हुने पनि बताउँदै आएको छ । नेयमारको अनुपस्थितिमा पनि फिलिप कोउटिन्हो, ग्यब्रिएल् जेसस, डग्लस कोस्टा, रोबर्टो फिर्मिनो लगायतका खेलाडीको उपस्थितिले टोली निकै बलियो छ ।

मिडफिल्डमा पनि ब्राजिलको राम्रो पकड छ । डिफेन्समा विशेषत लेफ्ट ब्याक मार्सेलोको उपस्थितिले टोलीमा सन्तुलन प्रदान गरेको छ । राइट ब्याक ड्यानी आल्भेस चोटका कारण विश्वकपमा उपस्थित नहुँदा टोलीमा अनुभवको कमि हुने डर छ । तर मार्सेलोले डिफेन्सको जिम्मेवारी शिरोपर गरेर आल्भेसको कमि महसुस हुन दिने छैनन् । उनलाई थियागो सिल्भाले पनि साथ् दिने अपेक्षा गरिएको छ ।

ब्राजिल सम्मिलित समूह ‘ई’ मा स्विटजरल्यान्ड, कोस्टारिका र सर्बिया रहेका छन् । विश्वकप यात्रा सुरु गर्नुअघि दुई मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसिया र अस्ट्रियासँग खेल्ने कार्यक्रम रहेको छ । दुवै मैत्रीपूर्ण खेलमा नेयमारले सुरुआती रोजाइमा खेल्ने सम्भावना निकै कम छ । यद्यपी प्रशिक्षक टिटेले नेयमारको फिटनेस जाँच्न यी खेलको प्रयोग गर्न सक्नेछन् ।

Success

Thank you for your time.