default_image

6 years ago

May 27, 2018

फिफा विश्वकप – १८ दिन बाँकी

55 views

0 Bookmark

मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा १८ दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुँदैछ । विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । यसपटक प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ ।

विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ । प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ ।  १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ ।

प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।

Success

Thank you for your time.