default_image

6 years ago

May 24, 2018

फिफा विश्वकप – २० दिन बाँकी

45 views

0 Bookmark

मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियाको ११ सहरमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब २० दिनमात्र बाँकी छ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ ।

रियल म्याड्रिडको लागि नियमित रुपमा राम्रो प्रदर्शन गरिरहेका युवा खेलाडी मार्को एसेन्सियो पनि यसपटक स्पेनको टोलीमा अटाएका छन् । २२ वर्षको कलिलो उमेरमै स्पेनको विश्वकप टोलीमा पर्न सफल एसेन्सियो प्रशिक्षकको पहिलो रोजाइमा भने हुने छैनन् । हालसम्म राष्ट्रिय टोलीका लागि गोल नगरेका उनले विश्वकपमा मौका पाएको खण्डमा गोलको खाता खोल्ने क्षमता राख्छन ।

प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ ।

रसियामा हुने विश्वकपमा ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो ।

प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।

Success

Thank you for your time.