default_image

2 years ago

November 8, 2022

विश्वकप हेर्न अतिरिक्त शुल्कबारे सर्वोच्चको अल्पकालीन आदेश

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा हुने विश्वकप फुटबल टेलिभिजनमा हेर्न ग्राहकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज सुनुवाइ गर्दै ग्राहकसँग थप ५ सय रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । विश्वकप प्रसारण अधिकार लिएको मिडिया हबलाई पनि अतिरिक्त शुल्क लिनुको कारण देखाउ आदेश दिएको छ ।

अतिरिक्त शुल्क लिने निर्णय रोक लगाउन माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिने कि नदिने भनेर छलफल गर्न दुवै पक्षलाई कात्तिक २७ गते बोलाएको छ । टेरिटोरी लक हुने एक्सक्लुसिभ अधिकार लिँदा ४० करोडको हाराहारीमा खर्च भएको कारण जनाउँदै मिडिया हबले टेलिभिजन ग्राहकबाट अतिरिक्त शुल्क उठाउन खोजेको थियो ।

यसअघि अतिरिक्त शुल्क उठाउने गरिएको थिएन । गत संस्करण नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन र डिस होम एक्सन स्पोर्ट्सले विश्वकप प्रत्यक्ष प्रसारण गरेका थिए । यसबाहेक विदेशी च्यानलबाट पनि विश्वकप हेर्न पाइने थियो । यसपटक भने विदेशी च्यानल नभएर मिडिया हबले एक्सक्लुसिभ अधिकार खरिद गर्दै नेपालमा पे पर भ्यु मोडलमा जान अतिरिक्त रकम तिरेको थियो । विश्वकप मंसिर चार गतेदेखि कतारमा हुँदैछ ।

Success

Thank you for your time.