3 years ago
November 14, 2021
एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा बराबरीमा रोकिएको छ ।
नेदरल्यान्ड्सले घरेलु टोली मोन्टेनेग्रोसँग २–२ गोलको बराबरी खेल्न बाध्य बनेको हो । मोन्टेनेग्रोमा शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सका लागि दुवै गोल मेम्फिस डिपाएले गरेका थिए । घरेलु टोलीका लिजा भुकोटिक र निकोला भुजनोभिकले बराबरी गोल फर्काए ।
खेलको २५औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । डाभी क्लासेनलाई पेनाल्टी बक्समा जान्कोभिचले फउल गरेपछि रेफ्रीले डच टोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिपाए चुकेनन् ।
५४औं मिनेटमा डिपाएले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । उनले डेन्जेल डमफ्रेजको पासमा गोल गर्न सफल भएका थिए । तर त्यो अग्रतालाई नेदरल्यान्ड्सले जोगाउन सकेन । घरेलु टोलीले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको सम्भावित हार जोगाउँदा नेदरल्यान्ड्स जितबाट वञ्चित बन्न पुग्यो । ८२औं मिनेटमा लिजा भुकोटिकले तथा ८६औं निकोला भुजनोभिकले बराबरी गोल फर्काए ।
यो बराबरीपछि समूह ‘जी’ मा नेदरल्यान्ड्स ९ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । मोन्टेनेग्रो १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यही समुहको अर्काे खेलमा टर्कीले जिब्राल्टारलाई ६–० ले पराजित गर्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना जीवितै राखेको छ । नर्वेले भने लात्भियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
यो नतिजापछि यो समूहबाट ३ टोली नेदरल्यान्ड्स, टर्की र नर्वेको विश्वकपमा छनोट हुने सम्भावना रहेको छ । छनोटको अन्तिम खेलमा मोन्टेनेग्रो र टर्की तथा नेदरल्यान्ड्स र नर्वेबीच प्रतिस्पर्धा हुदैछ । यि तीनै टोली अंक गुमाउन चहादैन । टर्की र नर्वेको समान १८ अंक छ ।
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]
February 19, 2025
एजेन्सी – इटालियन क्लब एसी मिलान डच टोली फाइनोर्डसँग बराबरीमा रोकिदा च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । प्लेअफको दोस्रो लेगमा मंगलवार १-१ को बराबरी हुँदा डच टोली समग्रमा २-१ को अग्रता हासिल गर्यो । पहिलो लेग फाइनोर्डले १-० ले जितेको थियो । मिलानको मैदानमा भएको खेलमा फाइनोर्डका लागि जुलियन करान्जाले गोल […]