default_image

3 years ago

November 13, 2021

त्रिवेणी कप पुसमा, पुरस्कार राशिमा वृद्धि

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिल्लाको सबैभन्दा प्रतिष्ठित त्रिवेणी कपको २९औं संस्करणको राष्ट्रब्यापी फूटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।

आयोजक त्रिवेणी युवा क्लब लमजुङले शनिबार सदरमुकाम बेशीशहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्रिवेणी कप १२ देखि २१ पुससम्म बेंसीसहरको सहजी खेल मैदान (त्रिवेणी रंगाशाला) मा हुने र पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ ।

वृद्धि भएको पुरस्कार राशि अनुसार प्रतियोगिताको विजेताले ५ लाख र त्रिवेणी कप प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख रुपैयाँ र रजतपदक प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने टोलीले समान ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

२८औं संस्करणको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ हात पारेको थियो । गत संस्करणमा आयोजक त्रिवेणीले नै उपाधि जितेको थियो । कोरोनाका कारण गत वर्ष हुन सकेको थिएन ।

एक टोलीमा ५ जना विदेशी खेलाडी राख्न पाउने भएपनि एकैपटक मैदानमा ३ जनालाई मात्र उतार्न पाइने नियम बनाइएको छ । करिब २५ टिमको सहभागिता हुने आकलन गरिएको प्रतियोगितामा प्याराफिटमा बस्नेका लागि ५० रुपैयाँको टिकट दर तोकिएको छ । प्रतियोगिताका लागि ३३ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कोभिड–१९ का कारण गत वर्ष स्थगित त्रिबेणी कपलाई निरन्तरता दिन क्लबका अध्यक्ष विनोद गुरुङको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ । यस्तै क्लबले शनिबार क्लबका सल्लाहकार स्वर्गीय धर्मराज श्रेष्ठको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.