default_image

3 years ago

November 13, 2021

ख्वप किंग्सलाई बाँसबारी युथ एकेडेमी कप

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको ख्वप किंग्सले बाँसबारी युथ एकेडेमी कप २०७८ को उपाधि जितेको छ । फाइनलमा चान्दबाघ स्कुल ए लाई २-१ ले पराजित गर्दै ख्वपले उपाधि जितेको हो ।

बाँसबारी क्लबले आफ्नो क्लबको मैदानमा आयोजना गरेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा १४ वर्ष मुनिका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा चान्दबाग ए ले कुण्डलिनी स्कुललाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो खेलमा ख्वपले चान्दबाग बीलाई ४-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

बाँसबारी क्लबले युवा फुटबल खेलाडीको प्रोत्साहन र खेलाडी छनोटलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरेको हो । क्लबले आफ्नो मैदानको स्तरोन्नति गर्दै अर्को सिजनको बि डिभिजन लिगको लागि आन्तरिक तयारी सुरु गर्न थालेको छ । क्लबले लामो समय देखि युवा परियोजनालाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।

प्रतियोगिताको थप फोटो हेर्न यहाँ थिच्नुहोस

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

Success

Thank you for your time.