default_image

3 years ago

November 12, 2021

नवयुगले ग्राउन्ड रिह्याबका लागि ३ महिना कुर्नुपर्ने

416 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको ग्राउन्ड रिह्याबका लागि १२ साता कुर्नुपर्ने भएको छ । प्रशिक्षणका दौरान दायाँ घुँडामा चोट लागेपछि बिहीबार नवयुगको शल्यक्रिया गरिएको थियो ।

बिएण्डबीका डाक्टर अमित जोशीको टोलीले उनको घुँडाको शल्यक्रिया गरेका थिए । डाक्टरले शल्यक्रिया राम्रो भएको र ३ महिनापछि ग्राउन्ड रिह्याब सुरु गर्ने भन्नुभएको , नवयुगले भने । सहिद स्मारक ए डिभिजनको लिगका तयारीको क्रममा रहेको आर्मी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेलका क्रममा नवयुगको घुँडामा चोट लागेको थियो ।

उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्टमा (एमसिएल) चोट लागेको थियो । रिह्याबका लागि पनि झण्डै तीन महिना कुर्नुपर्ने भएकाले नवयुगले यसपटकको लिग गुमाउने सम्भावना देखिन्छ । नवयुग सम्मलित टोलीले गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेको थियो ।

२८ वर्ष अघि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल खेलेको थियो । आर्मीमा नवयुगको अनुपस्थितिमा अब जर्जप्रिन्स कार्की र भरत खवासले आक्रमण सम्हाल्ने देखिन्छ । गत सिजन आर्मी लिगको अन्तिम खेलमा मच्छिन्द्रसँग पराजित हुँदा उपाधिबाट बन्चित भएको थियो ।

April 10, 2025

च्याम्पियन्सिप लिगमा पिएसजीको जित

एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]

April 10, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्स्कीको २ गोल

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ। राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे। ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह […]

April 9, 2025

पोखरा र धनगढीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को दुवै पटकको फाइनलिष्ट धनगढी एफसीलाई आज पोखरा थन्डर्सले गोल रहित बराबरीमा रोकेको छ । दशरथ रंगशालामा बुधबार धनगढीले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न सकेन । प्रभावशाली खेलाडी आयुष घलान चोटका कारण अनुपस्थित रहेको खेलमा पोखराले आज गोल गर्ने गतिलो मुभ समेत सिर्जना गर्न सकेन […]

Success

Thank you for your time.