8 years ago
November 16, 2016
दिपक बोहोरा ,पाँचथर
समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हुँदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठै संस्करण यहि २०७३ पौष ८ गतेबाट हुने भएको छ । मंगलबार फिदिम स्पोटिङ क्ल्बले आफ्नै कार्यलयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो जानकारी दिएका थिए ।
सो प्रतियोगितामा आयोजक फिदिम स्पोटिङ क्ल्ब सहित पुर्वाञ्चलका प्रतिष्ठीत टिम र भारत र भुटानका गरी जम्मा सहित जम्मा १० टिम सहभागि हुने फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनु भयो । यसरि सहभागी हुने टिमहरुमा ताप्लेजुङ –११ ,माईभ्याली फुटबल क्लब इलाम ,झापा–११ ,सुनसरि –११ ,मोरङ–११, चर्च व्याइज क्लब काठमाण्डौ , र छिमेकि मुलुक भारतको सिक्कीम–११, कञ्चनजङघा स्पोटिङ क्लब दार्जीलिङ र भुटानको फे्रन्ड क्लब (बि.आ.सि) को सहभागीता रहने छ ।
पौष ८ गते बाट १७ गते सम्म सञ्चालन हुने प्रतियोतितामा गएका वर्ष जस्तो उभिएर खेल हेर्नु पर्ने बाध्यता अब नरहने आयोजक फिदिम स्पोटिङ क्लबका उपाध्यक्ष दिपेन्द्र थापाले बताउनु भयो । ३९०० जना अटाउने गरी अस्थाइ बासको प्याराफिट निर्माण गरीने उनले बताए ।
फाल्गुनन्द गोल्डकप–२०७३ मा २ टिम थप गरिने र पुरस्कार राशिमा पनि दोब्बर वृद्धि गरिने आयोजक क्लबका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
अधिल्लो वर्षहरुमा ८ टिम सहभागीहुने प्रतियोगितामा अब १० टिम सहमागिहुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । पुुरस्कार राशिमा भने अब प्रथम हुने टिमले २ लाख ५० हजार र द्धितिय हुने टिमले १ लाख ५० हजार प्राप्त गर्ने छन । पौष ८ गते बाट १७ गते सम्म सञ्चालन हुने प्रतियोतितामा २८ लाख ४३ हजार अनुमानीत खर्च लाग्ने आयोजकले बताए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]