default_image

3 years ago

November 10, 2021

बार्सिलोनाको जिम्मेवारीमा जाभी सकारात्मक

151 views

0 Bookmark

एजेन्सी – जाभीलाई आफ्नो मुख्य प्रशिक्षकका रुपमा बार्सिलोनाले सोमबार क्याम्प नोउमा सार्वजनिक गरेको छ । टोलीका पूर्व महान मिडफिल्डर मध्येका एक जाभीले टोलीलाई पुरानै सफलतामा डोर्याउने अपेक्षा राखेको छ ।

सिजनमा रोनाल्ड कोम्यानको प्रशिक्षणमा कमजोर सुरुवात गरेको बार्सिलोनाले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले जाभीलाई पहिलो प्राथमिकतामा राखे र अन्तत सफल पनि भए । कतारी क्लब अल सादसँगको छलफल पछि जाभी बार्सिलोना जाने निश्चित भएको थियो ।

प्रशिक्षकका रुपमा टोली सम्हाल्नुअघि नै जाभीले फुटबलको सैद्धान्तिक र मुल्यका बारेमा छलफल गरेका थिए । उनले आफ्नो लक्ष्य युवा फुटबलको विकास रहेको पनि प्रष्ट पारेका छन् । ‘म यहाँ युवा खेलाडीको प्रदर्शनमा सहयोग गर्न आएको छु । हामी सबैलाई हेर्नेछौं । हामी सबैलाई नजिकबाट हेर्ने छौं र प्रशिक्षणमा राम्रो गर्न मद्दत गर्नेछौं’, उनले भने,’निको, गाभी निकै युवा छन् । उनीहरुलाई यो उमेरमा माथिल्लो स्तरको प्रदर्शन कसरी गराउन सकिन्छ भन्ने कठिन छ । हामीले उनीहरुलाई हरेक खेलमा सहयोग गर्नुपर्छ । हरेक खेल अन्तिम मौकाका रुपमा हेरिनुपर्छ ।’

जाभीले बार्सिलोनाका पाका खेलाडीहरुसँग राम्रो सम्बन्ध राख्ने र उनीहरुबाट टोलीको नेतृत्वको अपेक्षा राखेका पनि बताए । ‘पाका खेलाडीसँग मेरो राम्रो सम्बन्ध छ । मेरो उनीहरुसँग सिधा सम्पर्क छ । कतिपयसँग त मैले कुरा पनि गरिसकेको छु’, उनले थपे, ‘उनीहरुले कसरी नेतृत्व गर्छन् त्यो महत्वपूर्ण हुन्छ । उनीहरुले टोलीको नेतृत्व गर्नुपर्छ । हामीसँग युवा खेलाडी छन् । उनीहरुलाई ड्रसिङ रुपमा उर्जा भर्ने काम गर्नुपर्दछ ।’

जाभीले सबै खेलाडीका लागि उस्तै योजना हुने पनि प्रष्ट पारेका छन् । ‘सबैले नयाँ सुरुवात गर्ने हो । म उनीहरुले ड्रेसिङ रुमबाट नेतृत्व गरुन् भन्ने चाहन्छु , किनकी उनीहरुसँग फरक परिस्थितिको अनुभव छ,’उनले जोडे,’मलाई उनीहरुको बलियो र कमजोर पक्ष थाहा छ । मलाई कुनै समस्या छैन ।’

December 20, 2024

चर्च ब्वाइज झापा कपको फाइनलमा

हिमाल खरेल,बिर्तामोड सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी […]

December 20, 2024

नेपाल यू१६ माथि भुटानको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – भुटानको महिला यू१६ टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू१६ टोलीलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ५-१ ले पराजित भएको हो । भुटानले खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानी टोलीले २ गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो । सोनाम छोगेलले […]

December 20, 2024

युनाइटेडलाई हराउँदै टोटनहम सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहम ह्ट्सपर इंग्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ । टोटनहमले बिहीवार घरेलु मैदानमा भएको खेलमा युनाइटेडमाथि ४-३ काे जित निकालेकाे हाे । घरेलु टाेलीका लागि डोमोनिक सोलान्केले २ तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले समान एक गोल गरे । युनाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड […]

Success

Thank you for your time.