default_image

3 years ago

November 8, 2021

कन्काई र रोङ क्वाटरफाइनलमा

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरण अन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कन्काई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । कन्काईले टाइब्रेकरमा ३-१ को जित दर्ता गरेको हो ।

यस्तै दिनको अर्को खेलमा रोङ गाउँपालिकाले तुलसीपुर उपमहानगरपालिका दाङलाई ४-१ ले हरायो । रोङको जितमा मिडफिल्डर इन्दिरा राईले ह्याट्रिक प्रहार गरिन् । अर्को गोल कप्तान अनिता राईको नाममा रहयो । तुलसीपुरका लागि ममता पुन मगरले ७६ औं मिनेटमा सान्त्वना गोल गरेकी थिइन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा शिवशताक्षी नगरपालिका झापाले ललितपुर महानगरपालिकाको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा बाँसगढी नगरपालिका बर्दियाले धनगढी उपमहानगरपालिका कैलालीको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार प्राप्त गर्नेछन् ।

खेलको तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस्

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.