8 years ago
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेपछि कप्तान विराज मर्हजनले नेपाली जनता र समर्थकलाई पुन खुसी बनाउन सफल भएको बताए ।
बिराजले भने, ‘लगातार तीनवटा उपाधि जित्दा खुसीको कुनै सिमा छैन । यो हाम्रा लागि देश र फुटबल समर्थकका लागि महत्वपूर्ण उपाधि हो । ’ मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो ।
विराजको नेतृत्वमा नेपालले जितेको यो लगातार तेस्रो उपाधि हो । उनको कप्तानीमा नेपालले माघमा बंगलादेशमा बंगबन्धु अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप गोल्डकप र फागुनमा दक्षिण एसिायली खेलकुद (साग) को यू २३ फुटबलमा स्वर्ण पदक जितेको थियो । । उनले भने,‘अब हामीले नेपाली अझै अघि बढाउनुपर्दछ ।’
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]