default_image

3 years ago

November 5, 2021

जाभी बार्सिलोनाको प्रशिक्षक नियुक्त

145 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक जाभी हर्नान्डेज कतारी क्लब अल साद छोडेर खेलाडी जीवनमा आफूले खेलेको क्याटलान क्लब बार्सिलोना फर्किएका छन् ।

अल सादले यसअघि ४१ वर्षीय प्रशिक्षकलाई क्लब छाड्न नदिने बताएको थियो । तर बार्सिलोनाका लागि ७ सय ७९ खेल खेल्दै २५ उपाधि जितेका मिडफिल्डरले आफैं बार्सिलोना फर्कने बताएपछि क्लबले फुकुवा गर्न राजी भएको हो । अल सादका अनुसार बार्सिलोनाले उनको सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लज रकम तिरेको छ ।

बार्सिलोनाले जाभीसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको हो । क्लबले सोमबार जाभीलाई सार्वजनिक गर्ने जानकारी दिएको छ ।

जाभीले सन् २०१५ मा खेलाडीकै रुपमा बार्सिलोना अल सादसँग सम्झौता गरेका थिए । उनले सन् २०१९ मा खेल जीवनबाट विश्राम लिँदै प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । जाभीको नेतृत्वमा टोली लिगमा ३६ खेलयता अपराजित रहेको छ ।

बार्सिलोनाले गत साता रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । कोम्यानले लिगमा सुरुवाती ११ मध्य ४ खेल मात्र जितेका थिए । बार्सिलोना नाक तालिकामा शीर्ष स्थानको रियल सोसीडाडभन्दा ९ अंकले पछि परेको छ ।

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

Success

Thank you for your time.