default_image

3 years ago

November 4, 2021

पीएसजी बराबरीमा रोकियो

220 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरेपनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे ।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा क्रिस्टोफोर एनकुकुको गोलबाट अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिग पनि अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै पीएसजीलाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा वाइनाल्डमले मार्किन्हसको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

जिततर्फ अघि बढेपनि अन्तिम समयमा प्रेसनेल किमपेम्वेले गल्ती गर्न पुगेपछि पीएसजी जितबाट वञ्चित बन्यो । पेनाल्टी बक्समा किमपेम्वेले एनकुकुलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डोमिनिक सोबोस्लाई चुकेनन् ।

यो बराबरीपछि पीएसजी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ९ अंक छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ । क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अन्य नतिजा
म्यानचेस्टर सिटी
विरुद्ध क्लब ब्रुग (–१), पीएसजीविरुद्ध आरबी लाइप्जिग (२–२), मिलानविरुद्ध एफसी पोर्टाे (१–१), लिभरपुलविरुद्ध एट्लेटिको म्याड्रिड (–०), बोरुसिया डर्टमुन्डविरुद्ध आयाक्स (१–), स्पोर्टिङ लिस्वनविरुद्ध बेसिक्टास (–०), रियल म्याड्रिडविरुद्ध साख्तर डोनेस्क (–१) र एफसी सेरिफविरुद्ध इन्टर मिलान (१–)

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.