default_image

3 years ago

November 3, 2021

एपिएफलाई हराउँदै शेर्पालाई बेलबारी गोल्डकपको उपाधि

102 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा नै एन्जल गुरुङको गोलबाट शेर्पाले खेलमा अग्रता लिएको थियो । ४३औं मिनेटमा रवि थिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा मुटुम्बाले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए । ८९औं मिनेटमा सुरज कुमालले गोल गर्दै शेर्पालाई ३–१ को जित निकाल्दै च्याम्पियन बनाए । फाइनल खेलमा शेर्पाका सन्जित राई प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार ५ सय रुपैया हात पारे ।

उपाधिसँगै शेर्पाले ५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजयी टोली तथा खेलाडीलाई प्रदेश १ का आन्तरिक कानुनमन्त्री केदार कार्की लगायतले पुरस्कृत गरे ।

११ कात्तिकबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । टुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगीमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको थियो ।

विधातर्फ उत्कृष्ट

सर्वाेत्कृष्ट खेलाडी – विश्वास श्रेष्ठ (शेर्पा)

उदियमान खेलाडी – रोहन कार्की (डागिहाट युथ क्लब)

सर्वाधिक गोलकर्ता – आशिष लामा (एपिएफ)

गोलरक्षक – किशोर गिरी (शेर्पा)

डिफेन्स – एन्जल गुरुङ (शेर्पा)

मिडफिल्डर – नवीन लामा (एपिएफ)

फरवार्ड – मुटुम्बा (शेर्पा)

प्रशिक्षक – युगल किशोर राई (शेर्पा)

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.