3 years ago
November 4, 2021
एजेन्सी – ब्राजिली विंगर भिनिसियस जुनियर प्रतिभावान खेलाडी हुन् । तर, स्पेनिस महारथी रियल म्याड्रिड आएपछि उनले रियलमा सोचेअनुरुपको खेल्न नसक्ने आँकलन गरिएको थियो ।
जतिबेला भिनिसियस रियलमा अनुबन्ध भएको थियो, त्यतिबेला उनको भविष्य उज्यालो देखिएको थिएन । यो सिजन (२०२१–२२) मा भिनिसियसले आफुलाई थप प्रमाणित गरेका छन् । २१ वर्षीय भिनिसियसले प्रशिक्षक कार्लाे एन्सेलोटीको मन जितिरहेका छन् । एन्सेलोटी पनि भिनिसियसमै केन्द्रित हुन थालेका छन् ।
यो सिजन भिनिसियसले रियलका लागि १४ खेल खेल्दा ९ गोल गर्दै उत्कृष्ट सिजन बिताइरहेका छन् । यो सिजन रियलले गरेको २४ गोलमध्ये उनको गोल ३७.५ प्रतिशत रहेको छ । रियलबाट १३२ खेलमा उनको १०.६ प्रतिशत गोल रहेको छ । उनले जसरी आफुलाई सुधार गरिरहेका छन्, उनको आगमी दिनको चुनौती पनि तेर्सिइरहेको छ । भिनिसियसलाई के हो त चुनौती ?
पहिलो ह्याट्रिक
पछिल्लो समय उनी दुईपटक ह्याट्रिक नजिक पुगेपनि चुके । जसमध्ये च्याम्पियन्स लिगमा साख्तर डोनेस्कमाथि ५–० को जित र स्पेनिस ला लिगामा इल्चेमाथि २–१ को जितमा उनी ह्याट्रिक नजिक पुगेर चुके ।
साख्तरविरुद्ध भिनिसियसले पाँच मिनेटको अन्तरमा दुई गोल गरेका थिए । रियलको चौथो गोलमा भने उनले रोड्रिगोलाई असिस्ट दिए । त्यसपछि भिनिसियसले गत शनिबार ला लिगामा इल्चेविरुद्ध २–१ को जितमा महत्वपुर्ण दुई गोल गरेका थिए ।
भिनिसियसले रियलको जर्सीमा गरेको २४ गोलमध्ये तीन अवसरमा मात्रै दुई गोल गरेका छन् । उनले गत सिजन च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको क्वाटरफाइनलमा पनि दुई गोल गरेका थिए । रियलको जर्सीमा उनले ह्याट्रिक प्रहार गर्न सकेका छन् । उनी रियलको जर्सीमा ह्याट्रिकको पखाईमा छ ।
उत्कृष्ट सिजनबाट एक गोल टाढा
सिजनको प्रारम्भिक चरणमा नै ९ गोल गरेर भिनिसियसले आफ्नो करियरकै उत्कृष्ट समय व्यतित गरेका छन् । क्लब स्तरमा यो उनको अहिलेसम्मकै उत्कृष्ट सिजन हो । तर, उनी उत्कृष्ट सिजनबाट एक गोलले मात्रै टाढा छ ।
२०१८ मा रियल म्याड्रिड आउनुअघि उनले ब्राजिली क्लब फ्लेमंगोको लागि ३२ खेलमा १० गोल गरेका थिए । तथ्यांक अनुसार उनले यो सिजन २० भन्दा बढी गोल गर्न सक्ने अनुमान गरिएको छ ।
सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियललाई गोलकै समस्या हुने गरेको थियो । नयाँ गोलकर्ताले लगातार गोल गरिरहँदा रियल पनि खुशी छ । जसको अर्थ रियलले गोलको लागि करिम बेन्जेमाको भर पर्नुपर्नेछैन ।
कतार विश्वकप अघि टिटेको मन जित्ने
ब्राजिलको राष्ट्रिय टोली कतार २०२२ मा छैटौपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । कतार विश्पकपकै लागि दक्षिण अमेरिकी छनोटका लागि उरुग्वे, कोलम्विया र अर्जेन्टिनाविरुद्धको खेल अघि भिनिसियसलाई टोलीबाट हटाइएपछि सबै आश्चर्यमा परेका छन् ।
ब्राजिली प्रशिक्षक टिटेले यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका भिनिसियस भन्दा फिलिपे कौटिन्होलाई छनोट गर्नु आश्चर्यकै कुरा हो । यदि रियल म्याड्रिडका फरवार्डले आफ्नो लगातारको नतिजालाई निरन्तरता दिन सफल भए भने टिटेलाई विश्वकपको टोलीमा पर्न योग्य छ भनि विश्वस्त गराउन एक वर्ष पर्याीत हुनेमा कुनै शंका छैन ।
एउटा कुरा निश्चित छ । ब्राजिली टोलीसँग उनको अनुभव राम्रो छैन । उनले ७ खेल खेल्दा गोल गर्न सकेका छैनन् । सोही कारण पनि उनी टोलीमा पर्न नसकेको हो । तथापि भिनिसियसले आफ्नो रियल म्याड्रिडको फर्मलाई निरन्तरता दिन र ब्राजिलको सुुरुवाती ११ मा आफ्नो बाटो बलियो बनाउन सक्ने आशा राख्नेछन् ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]