8 years ago
November 15, 2016
कुचिङ (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताको उपाधि जितेको छ ।
मलेसियाको कुचिङमा आज भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो । पहिलो हाफमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालाई एतिहासिक सफलता दिलाउन पर्याप्त रह्यो । नेपाली फुटबल कै इतिहासमा पहिलो पटक एएफसीको आधिकारिक प्रतियोगिताका फाइनल पुगकै प्रतियोगितामा नेपाल उपाधि जित्न सफल भएको छ ।
२९ औं मिनेटमा भरत खवासले दायाँबाट दिएको क्रसलाई सुजलले हेडमार्फत सेकेन्ड बारमा गोल गरेका थिए । सुजलको त्यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि विश्वकप छनोटमा लिमोर लिस्टेलाई ५–० ले हराउँदा सुजलले एक गोल गरेका थिए । मकाउविरुद्ध सुजलले गरेको नेपालका लागि १६ औं गोल हो । पानी जमेको मैदानमा नेपालले खेल नियन्त्रणमा राखेर पनि थप गोल भने गर्न सकेन । सुजलको गोलअघि नै नेपालले खाता गोल्ने अवसर पाएपनि सफल भएन । १५ औं मिनेटमा भरतकौ प्रहार पोस्ट नजिकबाट बाहिरियो भने २८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सको बाहिरबाट गरेको शसक्त प्रहारलाई विपक्षी गोलपिकरले पन्च गर्दै जोगाएका थिए । ६० औं मिनेटमा विमल घर्तीमगरको फ्रिकिकमा भरतको हेड पोस्ट टाढाबाट बाहिरायो भने ६८ औं मिनेटमा विमलको प्रहार पोस्ट नजिकबाट गयो । त्यस्तै ७३ औं मिनेटमा विमलको फितलो प्रहारलाई विपक्षी गोलकिपरले रोके । यो जितसँगै मकाउसँगको जितको सिलसिलाले निरन्तरता पाएको छ । मकाउविरुद्ध नेपाल अपराजित रहेको यो चौथो खेल हो ।
अहिले सम्मका ६ खेमला नेपालले ४ जित, १ बराबर र एक खेलमा मात्र हार बेहोरेको छ । नेपालको अन्तर्राष्ट्रिय खेलमा अपराजित खेलसँग आठ पुगेको छ । १४ महिनाको बीचमा नेपालले ४ वटा प्रतियोगिता जितेको छ । गत बर्ष भदौंमा साफ यू १९ च्याम्पियन बनेको नेपालले फागुनमा दक्षिण एसियाली खेलकुद (साग) को यू २३ मा स्वर्ण पदक जितेको थियो । त्यसअघि माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालले अहिले सम्म दक्षिण एसियाली खेलकुद (साफ) मा दुई पटक स्वर्ण जितेको थियो ।
पछिल्लो पटक नेपालले साफ सन् १९९३मा जितेको थियो । क्षेत्रिय स्तरका सबै खाले प्रतियोगिता जितेको नेपालको सिनियर टोलीको यो अहिले सम्मकै ठूलो सफmलता हो । यद्दपी, यो सोलिडारिटी कप विश्वकप २०१८ को छनोट र एसियन कप २०१९ को छनोट चरण अन्तर्गत पहिलो र दोस्रो चरणबाट बाहिरिने टोलीका लागि एएफसीले आयोजना गरेको पहिलो प्रतियोगिता हो ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]