default_image

3 years ago

November 2, 2021

बेल वेल्सको टोलीमा

103 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल वेल्सको टोलीमा फर्किएका छन् । प्रशिक्षक रोबर्ट पेजले विश्वकप छनोटको महत्वपुर्ण दुई खेलका लागि बेललाई टोलीमा समेटेका हुन् ।

३२ वर्षीय बेल बेलारुस र बेल्जियमसँगको विश्वकप छनोटका लागि वेल्सको टोलीमा परेपछि आफ्नो १००औं क्याप जित्ने बाटोमा छन् । चोटका कारण बेलले गत सेप्टेम्वर ८ यता कुनै खेल खेलेका छैनन् । जसलाई रोबर्ट पेजले ‘महत्वपुर्ण ह्यामस्ट्रिङ टियर’ भनेर ब्याख्या गरेका थिए । चोटका कारण उनले विश्वकप छनोटको पछिल्लो दुई खेल गुमाएका थिए ।

बेलले वेल्सको टोलीमा स्थान बनाउन सके र विश्वकप छनोटका खेल खेले उनी वेल्सबाट १ सय क्याप जित्ने खेलाडी बन्नेछन् । यो उपलब्धि गत मार्चमा क्रिस गुन्टरले पुरा गरेका थिए । रियल म्याड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले बेल शनिबार हुने रायो भालेकानोविरुद्धको खेलमा संलग्न हुन सक्ने बताएका छन् ।

‘ग्यारेथ राम्रो ठाँउमा छन् । उहाँ ठ्याक्कै त्यही ठाँउमा हुनुहुन्छ जहाँ हामी र मेडिकल टोली हुनुपर्छ भन्ने सोचेका थियौं ।’ पेजले भने, ‘मैले बेलसँग कुरा गरिसकेको छु । उनले आफुलाई फिट राख्न सम्भव भएसम्म सबै गरिरहेका छन् । उनी अझै पुर्ण समय प्रशिक्षणमा छैनन् । तर हामीले अर्काे साता हेर्नेछौं ।’

बेलारुसिविरुद्ध वेल्सले ३–२ को जित निकाल्दा बेलले ह्याट्रिक पुरा गरेका थिए । त्यसअघि लेभान्टेविरुद्धको खेलमा पनि बेलले गोल गरेका थिए । बेलले गत सिजन इंग्लिस क्लब टोटेनहम हटस्परमा लोनमा बिताएका थिए ।

एन्सेलोटी म्याड्रिड फर्किएपछि बेल पनि रियलमै रहेका थिए । तर चोट बोक्न पुगेपछि उनले पछिल्लो दुई महिना कुनै खेल खेलेका छैनन् । रियलले उनको रिकभरीलाई सावधानीपुर्वक व्यवस्थापन गरिरहेको छ । सन् २००६ देखि बेल्सको टोलीमा रहेका बेलले वेल्सबाट ९९ खेलमा ३६ गोल गरेका छन् ।

विश्वकप छनोटमा वेल्स समूह ‘ई’ मा चेक रिपब्लिकसँग समान ११ अंक रहेपनि वेल्स तेस्रो स्थानमा रहेको छ । वेल्सले चेक रिपब्लिकले भन्दा एक खेल कम खेलेको छ । शीर्षस्थानको बेल्जियमको १६ अंक छ । वेल्सले १३ नोभेम्वरमा बेलारुससँग तथा १६ नोभेम्वरमा बेल्जियमसँग खेल्नेछ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.