default_image

3 years ago

November 1, 2021

हिमालयन शेर्पा बेलबारी गोल्डकपको फाइनलमा

89 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगिताको सोमबार भएको पहिलो सेमिफाइन्लमा झापा धुलाबारीको रोलिङ्ग क्लबलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पाका लागि क्रिस्टन तुतुम्बा, विश्वास श्रेष्ठ र विशन गुरुङले गोल गरे । रोलिङ्गका लागि डेडी बम्बाले गोल फर्काएका थिए ।

१७ औं मिनेटमा क्रिस्टनको गोलबाट अग्रता लिएको हिमालयन शेर्पाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुई मिनेटको फरकमा २ गोल गर्दै हिमालयनले खेलमा आफ्नो स्थितिलाई थप मजबुद बनाएको थियो । विश्वासले ५० औं र विशनले ५२ औं मिनेटमा गोल गरेका थिए । ५७ औं मिनेटमा बम्बाले फर्काएको गोल सान्त्वनामा सिमित रह्यो ।

हिमालयन शेर्पाका त्रिदेव गुरुङ म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । उनलाई बेलबारी नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले पुरस्कृत गरे । प्रतियोगिताको दोस्रो सेमिफाइमा मंगलबार अर्को ए डिभिजन क्लब नेपाल एपिएफ क्लब र रारा फुटबल क्लब राजारानीबीच प्रतिस्पर्धा हुनेछ ।

टुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको छ ।

कात्तिक १७ गते हुने प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, विधागत उत्कृष्ट खेलाडीले समान ११ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.