default_image

3 years ago

November 1, 2021

गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो ।

गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि समूहमा गौरीगन्ज र बेदकोट नगरपालिकाको समना ४ अंक भएको थियो । गोलअन्तरको आधारमा समूह आईबाट गौरीगन्ज अघिल्लो चरण पुग्न सफल भयो । अर्को खेलमा धरान उप महानगरपालिकाले चौदन्डीगढीलाई १–० ले हराएको थियो । त्यो समूह जेबाट सुनकोशी नकआउट चरण पुगकसको छ ।

गौरीगन्ज र सुनकोशीसँगै समूह इबाट रोङ रुरल नगरपालिका, समूह एफबाट तुलसीपुर नगरपालिका, समूह सीबाट गोदावरी नगरपालिका, समूह एचबाट धनगढी नगरपालिका दोस्रो चरणमा प्रवेश गरेका छन् ।

त्यसअघि समूह एबाट कनकाई नगरपालिका, समूह बीबाट ललितपुर उपमहागरपालिका, समूह सीबाट बंशगढी नगरपालिका, समूह डीबाट शिवशताक्षी नगरपालिका नकआउट चरणामा पुगिसकेका छन् । दोस्रो चरणका खेलहरु कात्तिक २२ गतेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

June 29, 2024

युरो कपको नकआउट चरण आजदेखि

एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

Success

Thank you for your time.