8 years ago
November 15, 2016
काठमाडौ, (हाम्रो खेलकुद)– विगतमा नेपालले १३ खेलसम्म गोल गर्न नसकेको कीर्तिमान राख्दै खुब आलोचना खेप्नु परेको थियो । अहिले भने नेपाली टोलीले सुखद कीर्तिमान बनाएको छ ।
नेपालले आज साँझ (सवा ५ बजे) हुने एएपफसी सोलिडारिटी कपको फाइनलमा मकाउलार्इ हराउन सके अन्तर्राष्ट्रिय फुटबलमा नेपालको अपराजित यात्राको खेल संख्या ८ पुग्नेछ । नेपालले लाओससँग सेमिफाइनल खेल्दै अपराजित संख्या सात पुर्रयाएके थियो । टाइब्रेकरमा लाओसलार्इ हराउनु अघि नेपालले निर्धारित ९० र थप ३० मिनेट २–२ को बराबरी खेलेको थियो ।
यसअघि नेपाल ५ खेलसम्म मात्र अपराजित रहेको थियो । नेपालले सन् २०१५ को डिसेम्बर २७ मा भारतके त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा भारतसँग ४–१ ले पराजित भएयता नेपाल हारेको छैन । त्यसयता नेपालले राष्ट्रिय टिमसँगको प्रतिस्पर्धामा श्रीलंका, माल्दिभ्स र ब्रुनाईलार्इ हराएको छ भने बंगलादेश, टिमोर लेस्टे र जारी प्रतियोगितामा लाओससँग बराबरी खेलेको छ । नेपालले लाओसलार्इ टाइब्रेकरमा हराएर मकाउसँगको फाइनल भेट पक्का गरेको थियो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]