3 years ago
October 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता गरेका कुवेती अब्दुल्ला अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन् ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनल सम्मको यात्रा तय गराएका अलमुताइरी त्यहिबाट कतार गएका थिए । त्यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगको छलफल पछि अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा अझै तीन वर्ष रहने सहमति रहेको बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका सदस्य समेत रहेका नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए ।
उनको पछिल्लो सम्झौता भने सन् २०२२ को सेप्टेम्बर सम्म रहेको थियो । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनेछन् । २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन् । असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो ।
अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले पछिल्लो ७ महिनामा ११ खेल खेलेको छ । जसमा टोलीले ३ खेल जितेका छन् भने २ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको थियो । विश्व कप र एसिया कपमा अन्तिम ३ मध्ये चाइनिज ताइपेलाई जितेको नेपाली टोलीले अष्ट्रेलिया र जोर्डनसँगको खेल समान ३–० ले गुमाएको थियो । त्यसअघि टोलीले उनको नेतृत्वमा पहिलो खेल इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो खेल नेपालले ६–२ ले गुमाएको थियो ।
त्यसपछि भदौमा नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल १–१ को बराबरी र दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्स १–०, श्रीलंकालाई ३–२ ले हरायो भने बंगलादेशसँग १–१ को बराबरी खेल्यो । राउन्ड रोविनमा भारतसँगको खेल पनि नेपालले १–० ले गुमाएको थियो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]