8 years ago
November 15, 2016
कुचिङ (हाम्री खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत फाइनल खेलमा आज नेपाल र मकाउ उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन।
नेपाली समयानुसार साँझ ५:१५ बजे सुरु हुने खेलको लागि नेपाल पूर्ण तयारी रहेको प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन्। नेपालले यसअघी मकाउसंग ५ खेल खेलिसकेको छ। जसमध्य नेपालले तिन खेलमा जित हात पारेको छ भने एक खेल हरेको छ। यी दुइ टोलीले एक खेल बराबरी खेलेका छन्।
पांच खेलमा नेपालले मकाउलाई १५ गोल हानेको छ भने ७ गोल खाएको छ। नेपालको लागि निराजन रायमाझीले मकाउविरुद्ध एक्लै पांच गोल गरेका छन्। उनले मकाउविरुद्ध ह्याट्रिक पनि गरेका छन्।
December 23, 2024
हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]
December 23, 2024
दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]
December 23, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]