default_image

3 years ago

October 28, 2021

युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

72 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा घरेलु मैदानमा सस्सुलोसँग स्तब्ध बनेको छ । युभेन्ट्स सस्सुलोसँग २–१ ले स्तब्ध बनेको हो ।

एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न डाभिड फ्राटटेसी र म्याक्सिमी लोपेजले गोल गरे । घरेलु टोलीका वेस्टन म्याकिनीले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा डोभिड फ्राटटेसीको गोलबाट सस्सुलोले अग्रता लिएको थियो । उनले ग्रिगोइरे डेफ्रेलको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा वेस्टन म्याकिन्नीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा म्याक्सिमि लोपेजले गोल गर्दै युभेन्ट्सलाई २–१ को हार चखाए । उनले डोमिनिको बेरारडीको पासमा गोल गरेका थिए ।

सिरी ‘ए’ मा युभेन्ट्सको यो तेस्रो हार हो । हारपछि युभेन्ट्स १० खेलबाट १५ अंक जोडेर सातौ स्थानमा रहँदा जित निकालेको सस्सुलो १४ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

अर्काे खेलमा इन्टर मिलानले १० खेलाडीमा समेटिएको इम्पोलीलाई २–० ले पराजित गरेको छ । इन्टरको जितमा ड्यानिलो डि एम्ब्रुसो र फेडरिको डिमार्काेले गोल गरे ।

३४औं मिनेटमा ड्यानिलो डि एम्ब्रुसोले एलेक्सिस सान्चेजको पासमा गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । ५२औं मिनेटमा सामुइल रिक्सी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली इम्पोली दवावमा परेको थियो । ६६औं मिनेटमा फेडरिको डिमार्काेले लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

जितपछि इन्टर मिलान १० खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित इम्पोली १२ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

अन्य नतिजा
उडिनेसविरुद्ध हेलास भेरोना (१–१), साम्पडोरियाविरुद्ध एटलान्टा (१–), क्याग्लिएरीविरुद्ध रोमा (१–) र लाजियोविरुद्ध फियोरेन्टिना (–०)

July 3, 2024

उर्जनलाई यू–२० पुरुष टोलीको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उर्जन श्रेष्ठ यू–२० पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई युथ टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी प्रदान गरेको हो । पुर्व खेलाडी समेत रहेका श्रेष्ठसँग ‘ए’ डिभिजन लिगमा प्रशिक्षण सम्हालेको अनुभव छ । उनले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका […]

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

Success

Thank you for your time.