default_image

3 years ago

October 28, 2021

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

197 views

0 Bookmark

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो ।

वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा घरेलु टोलीले बाजी मारेको छ । पेनाल्टीमा घरेलु टोलीका सबै पाँच खेलाडीले गोल गर्न सफल भए ।

मार्क नोव्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले गोल गरे । सिटीको पहिलो पेनाल्टी नै चुकेको थियो । फिल फोडेनले गोल गर्न सकेनन् । जोओ क्यान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेलिसले गोल गर्न सफल भएपनि हार टार्न सकेन ।

अर्काे खेलमा टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । लुकास मोउराले ६८औं मिनेटमा गरेको गोल नै टोटेनहमलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

अर्काे खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । ब्रेन्टफर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे । स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए ।

यो सँगै कारवाओ कपको क्वाटरफाइन समिकरण पुरा भएको छ । आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् । क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.